मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् : अक्षय ओबरोय

इमरान खान

बलिउड अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय लिएका छन् । इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक सञ्चार माध्यमसँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् ।

‘मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् । उनले अभिनय छोडिदिएका छन् । उनी मेरो सबैभन्दा नजिकका साथी हुन् । म उसलाई बिहान चार बजेपनि फोनमा भेट्न सक्छु । हामी एक अर्कालाई १८ वर्षदेखि चिन्दछौं’, उनले भनेका छन् ।

इमरान अभिनेता आमिर खानका भान्जा हुन् । ‘देली बेली’ जस्तो फिल्ममा काम गरेका उनले यो फिल्मबाट निकै तारिफ पाएका थिए । लामो समयदेखि फिल्मी पर्दाबाट टाढिएका इमरानले ‘जाने तू या जाने न’बाट अभिनयको शुरुवात गरेका हुन । अभिनय छाडेर फिल्म निर्देशन गर्न सक्ने बताइएको छ । इमरान पछिल्लो पटक कंगना रनावतका साथ फिल्म ‘कट्टी बट्टी’मा देखिएका थिए ।

इमरान खान

त्यस्तै यता अर्का अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । घरका तीन सदश्यमा कोरोना देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् । समाचारका अनुसार सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ ।

सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ ।

कामको कुरा गर्ने हो भने सलमान खान पछिल्लो समय बिग बास १४ मा ब्यस्त रहेका छन् । उनी छिट्टै फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा देखिनेछन् । फिल्ममा उनको साथमा दीशा पटनीको पनि मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्