अमेरिकामा केही हप्ताभित्रै कोरोनाको भ्याक्सिन पाउन सकिने

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे दुई लाख नाघिसकेको छ । जोन होपकिन्स युनिभर्सिटीका अनुसार यहाँ कोरोना भाइरस संक्रमितको संख्या १.१५ करोड पुगिसकेको छ ।

यसैबीच अमेरिकी स्वास्थ्य विभागले अबको केही हप्ताभित्र दुई भ्याक्सिनलाई अधिकृत गरिने जसका कारण यो वितरणको लागि तयार हुने बताइएको छ । बीबीसीको उत्तर अमेरिकी संवाददाता पिटर बोजले यसको जानकारी दिएका हुन् ।

अमेरिकी औषधी कम्पनी फाइजर र यसको सहयोगी जर्मन कम्पनी बायोएनटेकले अमेरिकामा भोलिका दिनमा कोभिड–१९ भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिनका लागि आवेदन दिएको छ ।

फाइजरका अनुसार ४० हजार भन्दा बढी मानिसहरुमा गरिएको ट्रायलका अनुसार यो भ्याक्सिन ९५ प्रतिशत सम्म प्रभावकारी छ र यसका कुनै गम्भीर नकारात्मक प्रभाव पनि देखिएको छैन ।

बायोएनटेकका मुख्य कार्यकारी अधिकारीका अनुसार युरोपेली संघमा डिसेम्बरको मध्य सम्म भ्याक्सिनले सशर्त स्विकृति पाउने सम्भावना छ । यसबाहेक अमेरिकी औषधी कम्पनी मोडर्नाले पनि उसको भ्याक्सिन त्यति नै प्रभावकारी भएको बताउँदै वर्षको अन्त्य सम्म उपलब्ध हुने बताएको छ ।

कोरोनाले अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ । अमेरिका भरी कोरोना भाइरसको नयाँ लहर आइसकेको छ र हरेक दिन संक्रमणको आँकडामा नयाँ रेकर्ड बनिरहेको छ । बिबिसी

vaccin
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्