निकिशा श्रेष्ठमाथि दुर्व्य’वहार गरेको भिडियो अपलोड गर्ने एकजना पक्राउ

arrest

काठमाडौं, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्य’वहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अ’पमा’नजनक शब्द प्रयोग गरी निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घ’टनाको छानबिन गर्न निर्देशन सहित पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजी कार्य जारी रहेको छ । घ’टनाबारे थप अ’नुसन्धा’न भइरहेको प्रहरीले जनाएको छ । निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि चर्को वि’रोध भएको थियो ।

पक्राउ
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्