ट्रम्प एकपटक फेरी पछारिए , बाइडेन भन्छन, ‘ट्रम्प इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति हुन’

डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ । जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् । त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो ।

कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ । अमेरिकाको इलेक्टोरल कलेज सिस्टम अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जीतका लागि २७० मत हुन जरुरी छ ।

जो बाइडेनले एकपटक पुनः हार स्विकार नगरेको भन्दै डोनल्ड ट्रम्पको आलोचना गरेका छन् र उनको यो व्यवहारलाई गैर जिम्मेवारीयुक्त बताएको छ । ट्रम्पले हार व्यवहोर्ने कुरा आफूलाई पूर्ण विश्वास भएको बाइडेनले बताएका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् । उनले भने, ‘हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेका छन् । ’

बाइडेनले प्रश्न गरे, ‘अब राष्ट्रपति के गरिरहेका छन् ? जुन प्रकारले कुरा आइरहेका छन्, त्यसबाट यो स्पष्ट हुन्छ कि उनी जिम्मेवार देखिएका छैनन् । हरेक कुराको केही सिद्धान्त हुन्छ तर उनी जुन काम गरिरहेका छन् वा गर्नेबारे सोचिरहेका छन्, के हामी त्यसलाई सही मान्न सक्छौं । एक लोकतान्त्रिक रुपमा हाम्रो जिम्मेवारी हामी संसारलाई सही सन्देश दिने हाम्रो काम हो । लोकतन्त्र के हो वा कसरी काम गर्छ भनेर बताउने जिम्मेवारी हो ।’ एजेन्सी

जो बाइडन र डोनाल्ड ट्रम्प
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्