अमेरिकाको चीनसँग चलिरहेको तिखो सम्बन्धका बिच: ६० वर्षपछि ह्वाइट हाउस पुगे तिब्बती नेता

Lobsang Sangay

अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे ।

तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा पहिलो आधिकारिक अमेरिकी यात्रा हो । पत्रिकाका अनुसार अमेरिकाको यो कदमले चीनसँग पहिले नै चलिरहेको तिखो सम्बन्धमा थप तनाव पैदा हुनसक्छ ।

जानकारका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सिटिए) का लागि यो एक ऐतिहासिक कदम हो किनभने यसले सिटिएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुबैले मान्यता पाएको छ । केन्द्रीय तिब्बती प्रशासन (सिटिए) को मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ ।

सिटिएका प्रवक्ताले भने, ‘हामी खुसी छौं कि दुई लोकतन्त्रले एक अर्कालाई मान्यता दिइरहेको छ । सिटिए र उनका नेतालाई ह्वाइट हाउसमा स्वागत गरिनुलाई एउटा राम्रो सुरुवात भन्न सकिन्छ । आशा छ कि अबको वर्षमा अमेरिकी अधिकारीसँग सिटिएको सहभागिताको सकारात्मक चलन बढ्नेछ ।’ एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्