वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन

dhurba mudbhari

काठमाडौं, ०७ मंसिर। वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा.मुडभरी ॐ अस्पतालका संस्थापक हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व.मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्