प्रकाण्डले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आ’रोप लगाउँदै गरे यस्तो बिरोध

prakanda

काठमाडौं, ०७ मंसिर। प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शनिबार एक विज्ञप्तिमार्फत ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आ’रोप लगाउँदै सरकार र गृह प्रशासनको वि’रोध गरेका छन् । पार्टीका दुई नेता पक्राउको कडा शब्दमा निन्दा गर्दै प्रकाण्डले ओली सरकारको कार्यशैलीको वि’रोध गरेका हुन्।

पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले मङ्सिर ५ गते काठमाडौँबाट पक्राउ गरेको थियो । विज्ञप्तिमा पक्राउ परेका उनीहरुलाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।

प्रहरीले चन्दा असुलीमा संलग्न रहेको आ’रोपमा उनीहरुलाई पक्राउ गरेपनि प्रकाण्डको विज्ञप्तिमा राजनीतिक स्वतन्त्रता र मानवअधिकारमा ओली सरकारले घोर उल्लङ्घन गरेको आ’रोप लगाइएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्