बला’त्कारविरुद्धको कानुन थप कडा पार्ने अध्यादेश मन्त्रिपरिषद‌्‌बाट पारित

बला'त्कार

काठमाडौँ, ०७ मंसिर। सरकारले बला’त्कारविरुद्धको का’नुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।

आइतबारको मन्त्रिपरिषद्‌को बैठकबाट पारित उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको एक मन्त्रीले बताए । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने पनि ती मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बला’त्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए ।

मुलकी अप’राध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बला’त्कार गरेमा जन्मकै’द

र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बला’त्कार गरे १८ देखि २० कैदको व्यवस्था छ । त्यस्तै १४ माथि र १६ मनिकालाई बला’त्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ । १६ देखि १८ सम्मका लाई बला’त्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ । त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ । बैबाहिक बला’त्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्