इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिं’सात्मक आ’क्रमणमा परेर सात जना सुरक्षाकर्मी मा’रिएका बताइएको छ । शनिबार सो ह’मला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आ’क्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।
शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई का’रबाही गरेको थियो । सो का’रबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।
त्यसपछि यो आ’क्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आ’क्रमण थालेको छ ।
त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ ।शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ।