कोरोना संक्रमणका कारण बन्द भएका हलहरु नखुल्दा दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसकारण पनि युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् । एक पछी अर्को नेपाली फिल्म युट्युवमा रिलिज भइरहँदा एकाएक ट्रेण्डिङमा पनि पर्न सफल भएका छन ।
यस्तैमा ४ दिन पहिले अर्थात १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ले पनि राम्रो भ्यूज पाउन सफल भएको छ । फिल्मले ४ दिनमा १६ लाख बढी भ्यूज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् ।
जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा बोलेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । फिल्ममा विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन्, भने निश्चलले नेगेटिभ भूमिका निर्वाह गरेका छन् ।
व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । ‘प्रसाद’को सफलतापछि यसको निर्माण टीम अहिले सिक्वेलको तयारीमा छ । सौरभ चौधरीको निर्देशन रहेने सिक्वेल सुभाष थापाले नै निर्माण गर्न लागेका हुन् । फिल्ममा विपिन, नम्रता र निश्चलकै अभिनय रहने बताइएको छ ।
यस्तै, यो खबर तयार पर्दा सम्म दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतको प्रमुख भूमिका रहेको साइँली युट्युव ट्रेण्डिङको चौथो स्थानमा छ भने अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ३’ युट्युव ट्रेण्डिङको छैठौँ स्थानअंा रहन सफल भएको छ ।
त्यस्तै हप्तादिन अघी मात्र युट्युवमा रिलिज भएको फिल्म ‘कुम्भ करण’ पनि युट्युव ट्रेण्डिङको १३ नंबरमा रहन सफल भएको छ ।