चितवन, ८ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आ’क्रम’णबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्न जाने क्रममा निजलाई हात्तीले आ’क्रम’ण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङ सहित निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आ’क्रम’ण गरेको थियो भने श्रीमती बच्न सफल भएकी छन् । घ’टनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । उक्त शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृत रूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आ’क्रम’ण बाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीमध्ये तीन जना बाघको आ’क्रम’ण बाट, एक जना गैँडाको आ’क्रम’ण बाट र एक जनाको जङ्गली हात्तीको आ’क्रम’ण बाट मृत्यु भएको हो ।