कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको मृत्यु

कोरोनाबाटै मृत्यु

काठमाडौँ, ९ मंसिर । कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको मृत्यु भएको छ । २७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे । तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो ।

हाल सम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको प्रवक्ता अर्यालले जानकारी दिए । यस्तै १६८ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्