भीरबाट लडेर १३ दिनको शिशु सहित एक महिलाको मृत्यु

मृत्यु

डडेल्धुरा, ९ मंसिर । सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशु सहित एक महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालले जानकारी दिए । पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी नेपालले बताए ।

त्यस्तै, गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडक देखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ का जिप चालक ४५ बर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ बर्षीय दिपबहादुर सिंजाली रहेको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिए । डिएसपी गिरीका अनुसार घाईते दुबै जनाको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर