सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १९ वर्षीया सपना रोका मगर पनि

सपना रोका मगर पनि

बीबीसीले सन् २०२० को ‘१०० प्रभावशाली महिला’को सूचि सार्वजनिक गरेको छ । यो वर्ष यो १०० महिलाको सूची विशेष रुपमा ती महिलालाई दर्साइरहेको छ जसले यो अशान्त समयका बेला परिवर्तनको नेतृत्व गरेर समाजमा केही प्रभाव पारिरहेका छन् ।

उक्त सूचिमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छिन् । बीबीसीले प्रत्येक वर्ष ‘बीबीसी १०० विमिन’ कार्यक्रम अन्तर्गत महिला केन्द्रित समाचारलाई विशेष महत्वका साथ प्रकाशित गर्छ । यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गर्ने गरेको छ ।

म्याग्दीमा जन्मेकी सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरस विरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्