महोत्तरी बालिका मृत्यु प्रकरण : प्रदर्शनकारी माथि गो’ली प्र’हार, ३ जना घाइते

गोली प्रहार

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या भएको वि’रोधमा उत्रिएका माथि प्रहरीले गो’ली चलाएको छ । गो’ली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

गो’ली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी पनि घाइते भएका छन् । संजयको तीघ्रमा गम्भीर चो’ट लागेको भने कार्कीको टाउको फु’टेको जनाइएको छ ।

संजयलाई उपचारका लागी स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभए पछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ । अहिले बर्दिबास चोकमा मृ’तक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकल माथि तो’डफो’ड समेत गरेका छन् ।

बिहानै देखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रदर्शनकारीले प्रहरी बिटमा ढुंगामुढा प्र’हार गर्नुका साथै आ’गजनी गरेका छन् । यसअघि भीड नियन्त्रण गर्न प्रहरीले हवाइ फा’यर गरेको थियो ।

आक्रो’शित स्थानीयले ह’त्या आरो’पीको घरमा आ’गजनी समेत गरेका छन् । आ’न्दोलनकारी उ’ग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गो’ली चलाएको बताइएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात ह’त्या पछि बोरामा फ्याँ’किएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बला’त्कार पछि ह’त्या भएको दावी गरेपनि प्रहरीले भने अ’नुस’न्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्