कोरोना : रुसमा संक्रमण नियन्त्रण बाहिर, युरोपमा जनवरीसम्म तेस्रो लहर आउने चेतावनी

America Coronavirus

रुसमा कोरोना भाइरस नियन्त्रण बाहिर पुगेको छ । सोमबार रुसमा २४ घण्टाभित्र २५ हजार १ सय ७३ जनामा कोरोना देखियो । रुसमा कुल संक्रमितको संख्या २१ लख १४ हजारभन्दा धेरै भइसकेको छ । कोरोनाको बढ्दो संक्रमणको एउटा उदाहरणमात्रै हो, रुस ।

अधिकांश युरोपेली देशमा संक्रमितको संख्या पहिल्लो समय ह्वात्तै बढेको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले २०२१ को सुरुवातमा युरोपमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका विशेष अधिकारी डेभिड नबारोका अनुसार गर्मी समयमा युरोपेली देशका सरकारहरुले पूर्वतयारीका लागि जे गर्नुपर्ने थियो, त्यो गर्न सकेनन् ।

‘कोभिड १९ को पहिलो लहर नियन्त्रणमा आउनसाथ पूर्वतयारीको काम सुुरु गर्नुपर्ने थियो,’ नबारोले भनेका छन् । विश्वभर अहिलेसम्म ५ करोड ८९ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । जसमध्ये ४ करोड ७ लाख बिरामी निको भएका छन् भने १३ लाख ९३ हजारको ज्यान गइसकेको छ । झन्डै १ करोड ६८ लाख संक्रमित उपचारकै क्रममा छ, उनीहरुलाई सक्रिय संक्रमित भनिन्छ ।

अस्ट्रिया
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्