महोत्तरीको बर्दिवास फेरि आन्दो’लित, मानव अधिकार आयोगको ग’म्भीर ध्यानाकर्षण

महोत्तरीको बर्दिवास

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिवास फेरि आन्दो’लित भएको छ । मङ्गलबार प्रहरीको गो’ली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दो’लन चर्केको हो ।

सम्भावित अप्रिय घ’टनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहान सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । आज बिहानदेखि नै बर्दिबासको अवस्था तना’वग्रस्त रहेको छ ।

यसैबिच, राष्ट्रिय मानव अधिकार आयोगले ह’त्या प्रक’रणमा भएको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गो’ली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको घ’टनाप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको एक विज्ञप्ति मार्फत प्रहरीले चलाएको गो’ली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रारम्भिक अनु’गमनबाट पाइएको जनाएको छ । यसबारे आयोगको प्रदेश २ कार्यालय जनकपुरबाट स्थलगत अनु’गमन भइरहेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्