कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखियो

स्क्रब टाइपस

कञ्चनपुर, ११ मंसिर । कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्ने देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत वर्ष जिल्लामा २२ जनामा यसको संक्रमण देखिएको थियो । तर यस वर्षको पहिलो चौमासिकमै १५ जनामा स्क्रब टाइफस देखिएकाले अझै बिरामी बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

स्क्रब टाइफसको संक्रमण भएमा मानिसमा एकनासले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरी दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरी रातो हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

मुसा, छुचुन्द्रो लगायत जीवका कानमा बस्ने एक प्रकारको सूक्ष्म किरा झारपात बाट मानिसमा सरेपछि स्क्रब टाइपस हुने गर्दछ । उनका अनुसार सबैभन्दा बढी महाकाली नगरपालिकामा ८ जनामा यसको संक्रमण देखिएको छ ।

स्क्रब टाइपस
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्