साल्ट ट्रेडिङ्गमा सञ्चालक रहदै आएका कीर्ति कुमार जोशीको निधन

साल्ट ट्रेडिङ्गमा सञ्चालक रहदै आएका कीर्ति कुमार जोशीको निधन

काठमाडौं, ११ मंसिर । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्क घातका कारण निधन भएको हो ।

जोशी साल्ट ट्रेडिङ्ग कर्पाेरेशन अन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यू उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए । कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्