कोरोना संक्रमणका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ ।
कोरोना संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या ७ सयको हाराहारीमा पुगेको छ । बिहीबार सार्वजनिक तथ्याँक अनुसार २४ घण्टा भित्र थप ६९८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।
पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना सनाक्रमितको ज्यान गएको छ । योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म ५७ हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
अहिले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये पाँचौं स्थानमा पर्दछ भने युरोपमा बेलायत अग्र स्थानमा पर्दछ । अमेरिका, ब्राजिल, भारत, मेक्सिकोपछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ । एजेन्सी