जब भिरमा अड्किएको ढुङ्गा खसेर महिलालाई लाग्यो…

ढोजरले मोटरबाटो खन्दा

गुल्मी, १३ मंसिर । गुल्मीको हाडहाडेमा ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरी मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव शनिवार पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । स्थानीय समाजसेवी बाबुलाल नेपालीका अनुसार मुखिया त्यस मोटरबाटो उपभोक्ता समितिकी सदस्य थिइन् । घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको थियो ।

त्यस्तै, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४ जनाको घटनास्थलमा र ५८ वर्षीय लाल बहादुर नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए । गएराति आठबिसकोट–१० घारीखोला जाँदै गरेको ग १ ज ५८९ नम्बरको जीप दुर्घटना भएको थियो । जिप सडकबाट १ सय मिटर तल खसेको थियो ।

चालक दिल बहादुर नेपाली र जिपका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिए । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्