आफ्नै खाजाघरमा राम्रो काम दिने भन्दै बोलाई युवतीलाई शारीरिक सम्पर्क गर्न लगाएपछि…

बला'त्कार

पोखरा, १३ मंसिर । मानव बेचबि’खन तथा ओसारपसारमा संलग्न भएको आ’रोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारी खाजा घरमा राम्रो काम लगाईदिन्छु भन्दै वे’श्यावृ’त्तिमा लगाउने ३४ वर्षीय केशव भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा ३ घर भई हाल पोखरा वडा ९ जाल्पारोडमा खाजाघर सञ्चालन गर्दै आएका भुजेललाई बिहिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केशवले आफ्नै खाजाघरमा राम्रो काम दिने भन्दै युवतीलाई बोलाई खाजा घरमा आउने व्यक्तिहरुसँग पैसा लिई जब’रजस्ती युवतीलाई शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलहरुमा पनि जब’रजस्ती पठाई वे’श्यावृ’त्ति गराउने गरेको प्रहरीले बताएको छ ।

भुजेलले होटलमा काम गर्ने बहानामा ल्याएका महिलालाई शारीरिक तथा मानसिक या’तना समेत दिने गरेका थिए । साथै पीडित महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । भुजेल वि’रुद्ध मानव बेचवि’खन तथा ओसारपसार सम्बन्धी क’सुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अ’नुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

बला'त्कार

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो ।

धामीलाई रु १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए । “समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ”, उनले भने, “पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।” उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्