काठमाडौँ, १४ मंसिर । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घ’टनामा मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घ’टनामा परेर गम्भीर घाइते लिम्बुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय गणेश राज ओझा रहेको प्रहरीले जनाएको छ ।
छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए । घ’टनाबारे थप अ’नुस’न्धान भैरहेको प्रहरीले जनाएको छ ।