पाल्पामा पुग्यो ‘परदेशी २’ सुटिङ युनिट

परदेशी २

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन सुरु भएको छ । बिहीवारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन थालिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

बिहीवार र शुक्रवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । दुई दिनको छायांकन सकेर उनी राजधानी फर्किएका छन् । शनिवारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको दृश्य खिचिएको छ । फिल्मको पाल्पास्थित माथागढीको झडेवा, कसेनी, सराई लगायतका स्थानमा छायांकन हुने निर्देशक रायमाझीले बताए ।

अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका रहेको यो फिल्मको मंसिर १७ गतेसम्म पाल्पाको आसपास छायांकन हुनेछ । फिल्मको केही प्रतिशत छायांकन भने विदेशी भूमिमा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउन भन्दा अगाडि फिल्मको ७० प्रतिशत छायांकन सकिएको थियो । फिल्मले उठान गरेको विषयवस्तुले दर्शकको मन छुने विश्वास निर्देशक रायमाझीको छ ।

रमेश विजीले लेखेको कथामा तयार भइरहेको फिल्मको निर्मातामा निर्देशक रायमाझी र राजेश वंशल छन् । फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । यो फिल्मबाट लोकगायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यसकारण पनि फिल्मलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । ‘परदेशी २’ सन् २०१५ को सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । -फिल्मीखबरबाट

परदेशी २
परदेशी २

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक