फेसबुक कम्पनीमाथि दक्षिण कोरियाद्धारा झण्डै ७२ करोड जरिवाना

फेसबुक

दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुक माथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो ।

दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अ’नुस’न्धान गर्ने निर्णय पनि गरेको छ । गत अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्ता मध्ये कम्तिमा पनि ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको अ’नुस’न्धानले देखाएको उल्लेख गरेको छ ।

सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारी समेत नहुने गरेको आयोगको भनाइ छ ।

फेसबुक लगइन भित्रबाट अन्य अपरेटरको सर्भिस प्रयोग गर्दा प्रयोगकर्ताको फेसबुक साथीहरुका समेत व्यक्तिगत जानकारीहरु ती अपरेटरहरुले प्राप्त गर्ने गरेका छन् । आयोगका अनुसार फेसबुकको आयरल्याण्ड स्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ र कम्पनीमाथि फौजदारी अ’नुस’न्धानका लागि सिफारिस गरिएको छ ।

दक्षिण कोरियाको राजधानी स्थित फेसबुकका प्रवक्ताले चाहिँ अ’नुस’न्धान प्रक्रियामा आफुहरुले सरकारलाई पूर्णरुपमा सहयोग गरेको बताउँदै फेसबुक माथि फौजदारी अभि’योगमा अ’नुस’न्धान गर्ने आयोगको निर्णय प्रति खेद व्यक्त गरेका छन् ।

तथापि फेसबुक कम्पनीको व्यवस्थापनले आयोगको निर्णयका बारेमा पूर्ण समीक्षा बाँकी रहेको भन्दै उनले यस विषयमा थप टिप्पणी गर्न अस्विकार गरेका छन् । एजेन्सी

फेसबुक
फेसबुक

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException