माया पिरतीको मिठास भरिएको गीत ‘माया तिमी संगै’ सार्वजनिक भएको छ । प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर स्वरमा रहेको गीतको शब्द सत्यराज चौलगाईँ ‘एसआरसी’ले कोरेका हुन भने सरोज पोखरेलले सुमधुर संगीत रचना गरेका छन ।
उदय राज पौडेलले संगीत संयोजन गरेको गीतलाई ए वान म्युजिसियन काठमाडौंमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ्ग किशोर थापाले गरेका हुन भने गीतको प्रोड्युसरका रुपमा बिनोद पहारी रहेका छन ।
मन्दीप रानाले निर्देशन गरेको गीतको भिडियोमा नायक पल शाह र सरु अधिकारीलाई पाउन सकिन्छ । उत्सब दाहालले छायांकन गरेको गीतको भिडियो सम्पादन भने अनिल कुमार महर्जनले गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-