स्याङ्जाको प्रचलित रतौलीलाई गीत बनएर निकलेपछि… (भिडियो सहित)

Aandhi Kholaile | आँधीखोलैले | New Nepali Ratyauli Geet 2077 By Gobinda Chapagain & Shanta Bardewa

नेपाली लोक परम्परामा आधारित गीत ‘आँधीखोलैले’ सार्वजनिक भएको छ । स्याङ्जा जिल्लाको आँधिखोलाको सेरोफेरोमा गाइने गरेको रत्यौली गीतलाई संकलन गरी गोबिन्द चापागाईँ र शान्ता बर्देवाको आवाजमा सार्वजनिक गरिएको छ ।

गोबिन्द चापागाईँले शब्ध सिर्जना तथा लय संकलन गरेको गीतमा गोपी कृष्ण पङ्गेनीले थेगो संकलन गरेका हुन । अस्मिता परियार, निश्चल दवाडी, अनिता पन्त, कबिता बुढाथोकी, दिलिप भण्डारी लगायतको अभिनय रहेको गीतको छायांकन तथा निर्देशन शिव राजा भुर्तेलले गरेका हुन भने सम्पादन सुबाश अमगाईँले गरेका हुन ।

कला पङ्गेनीको अधिकारीक युट्युव च्यानलबाट गीत सार्वजनिक गर्दै भनिएको छ :-
नेपाली लोक परम्परामा आधारित यो गीत स्याङ्जा जिल्लाको आँधिखोलाको सेरोफेरोमा गाइने गरेको गीत हो । रत्यौली गीत भन्ने बित्तिकै अलिकति बढी स्वतन्त्र हुने र यौ’न विम्बहरूको प्रयोग बढी नै हुने गरेको पाइन्छ ।

विवाहको समयमा जन्तिहरू बेहुली लिन गइसकेपछि बेहुला पक्षका महिलाहरू एकत्रित भएर वैवाहिक अवस्था र घरेलु चालचलनको बारेमा गीत मार्फत अभिव्यक्ति दिने र नृत्य गर्ने अनि महिलाले पुरुष भेष धारण गरेर विपरीत लिङ्गीको हाउभाउ देखाउँदै मनोरञ्जन गर्ने परम्परा नै रत्यौली परम्परा हो ।

रत्यौलीको आफ्नै मौलिक लय हुन्छ । त्यो लयलाई संरक्षण गर्दै परिवर्तित समय अनुसार महिला र पुरुष दुवैको सहभागितामा रत्यौली खेलिने किसिमले यो गीत तयार पारिएको छ । आँधिखोलाको सेरोफेरो र कालिखोलाको सेरोफेरो दुई जिल्लाका कलाकारहरूले आफ्नो आफ्नो क्षेत्रमा रहेका खोलाको नाममा थेगो गाउनुभएको छ । यो प्रचलित लोकगीत भएको कारण आजभन्दा अगाडि नै कुनै अग्रज कलाकारले सङ्कलन गरिसक्नु भएको रहेछ भने त्यो संयोग मात्र हुनेछ । -धन्यवाद ।

पुरै गीत हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्