सिरहाका दुई कपडा पसलमा आगलागी, करोडौँको क्षति

आगलागी

सिरहा, १६ मंसिर । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजार स्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजार सहित कपडा जलेर नष्ट भएको छ ।

आगलागी बाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले जानकारी दिएका छ्न ।

आगलागी
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्