धनुषामा मोटरसाईकललाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिँदा एकको मृत्‍यु

दुर्घटना

धनुषा, १६ मंसिर । धनुषाको बडहरीमा गाडिको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट ग’म्भीर घा’इते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो ।

ढल्केवारबाट बर्दिवास तर्फ ज७प ५९८६ नम्बरको मोटरसाईकलमा गईरहेका मृतक साहलाई नम्बर खुल्न नसकेको गाडीले बडहरीमा ठक्कर दिएको थियो । मृतक साहलाई ठक्कर दिने गाडि फरार भएपछि सो को अ’नुसन्धा’नमा प्रहरी जुटेको छ ।

यसेबीच ठक्कर दिने गाडीलाई प्रहरीले नसमातेको भन्दै ढल्केवरका स्थानीयबासीहरुले मंगलवार बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले ठक्कर दिने सवारीको खोजीकार्य तिव्र पारेकोले छिट्टै पक्राउ पर्ने आस्वस्त पारेपछि अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

accident
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्