बाटोमा महिलासँग ठोक्किएको निहुँमा युवक माथी च’क्कु प्रहार

हत्या

रौतहट, १६ मंसिर । रौतहटमा एक युवकको ह’त्या भएको छ । वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको गएराति ह’त्या भएको हो । उनलाई छिमेकी १९ वर्षीय रवि रामले सामान्य विवादमा च’क्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

च’क्कु प्रहार बाट ग’म्भीर घा’इते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घ’टना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडा बाट खटिएको टोलीले आ’रोपी रविराम चमार, उसको बुबा लक्ष्मी राम चमार र विधालाल चमारलाई नियन्त्रणमा लिएको छ ।

साथै घ’टनामा प्रयोग भएको च’क्कु समेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी शाहले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको तथा घ’टना बारे थप अ’नुस’न्धान भैरहेको एसपी शाहले बताए ।

घ’टनाको प्रत्यक्षदर्शी तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवका अनुसार गएराती नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोक्किन जाँदा वि’वाद सुरु भएको थियो । भनाभन र सामान्य हात हालाहाल हुँदै आ’रोपि रविराम चमारले अचानक तरकारी काट्ने च’क्कु ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको मेयर यादवले बताएका छन् ।

घ’टना लगतै एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारको लागि चन्द्रपुर पठाइ प्रहरीलाई खबर गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् । हिजो मात्र माधव नारायण नगरपालिकाका दलित दसैंरामको ह’त्याको घ’टना सुल्झिन नपाउँदै आज यस्तो घ’टना दोहरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्