बुटवलमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु

दुर्घटना

रुपन्देही, १७ मंसिर । बुटवलमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु४९प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटना
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर