बौद्धमा आमाछोरी मृत फेला, श्रीमान् अचेत अवस्थामा

मृत्यु

काठमाडौं, १८ मंसिर । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाका ३२ बर्षिया श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन गरेका थिए । बिहान घरबेटी सामान लिन जाँदा समेत अबेरसम्म नउठेपछि बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । ‘राति सुत्दा उनीहरुले क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘झ्यालढोका सबै बन्द रहेछ । कोठामा भेन्टिलेसन समेत रहेनछ ।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर