‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो’ : रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको ढण्डाले आफ्नो करङ दुखेको बताएका छन् । बुधबार पौडेललाई गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । सोही क्रममा प्रहरीले पौडेलमाथि डण्डासमेत लगाएको थियो ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘हिजोभन्दा आज दुखाइ बढी छ ।’ उनले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

'पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो' : रामचन्द्र पौडेल

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक