एक बालक दुई दिनदेखि बेपत्ता, बुवा प्रहरीचौकीमा

बालबालिका

बैतडी, १८ मंसिर । एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए ।

एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेको उनले बताए । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए । गाडी लाइनमा जागिर लगाइदिने भन्दै कसैले आँफू लगायत अन्य सात/आठ जनालाई धनगढी लगेको फोन मार्फत भनेको बुबा देवदत्तले बताए । विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।

विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । देवदत्तले बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा निवेदन दिएका छन् । प्रहरीले बालकको खोजी जारी रहेको बताएको छ । बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी भइरहेको गुरुखोला प्रहरीचौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए ।

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिलाई नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्