फिल्म ‘परदेशी –२’ युनिट यतिबेला चितवनमा

परदेशी –२

फिल्म ‘परदेशी –२’ युनिट यतिबेला चितवन पुगेको छ । सुटिङका लागि अघिल्लो दिन पाल्पा पुगेको निर्माण युनिट बाँकीको छायाँकन सकाउन चितवन पुगेको हो ।

केही दिनको चितवन छायाँकनपछि निर्माण युनिट जनकपुरतिर लाग्ने निर्माण युनिटले जनाएको छ । लामो समय अमेरिका बसेर फर्किएकी अभिनेत्री बर्षा शिवाकोटीले फिल्मको सुटिङ सुरु गरेकी छन् । उनले बिहिबार चितवन पुगेर फिल्मको सुटिङ ज्वाइन गरेकी हुन् ।

रमेश विजीले लेखेको कथामा तयार भइरहेको फिल्मको निर्देशक नारायण रायमाझी हुन् । फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । यो फिल्मबाट लोकगायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यसकारण पनि फिल्मलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । ‘परदेशी २’ सन् २०१५ को सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो

यो पनि पढ्नुहोस् :-
एक दशक लामो करिअरमा अभिनेत्री केकी अधिकारीले पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट सफलता हात पारिन् । २५ वटा फिल्मको असफलतापछि उनले सफलता हासिल गरेकी हुन् । फिल्मको असफलताले उनको करिअरमा खासै ठूलो प्रभाव भने पारेको थिएन । फिल्ममा उनलाई भ्याइनभ्याइ थियो । अभिनयमा अब्बल भएकाले उनी कहिल्यै कामविहीन हुनु परेन ।

लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको चलचित्र ‘प्रदेशी २’ बिहीवार देखि पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । यो चलचित्रमा केकीले निर्वाह गरेको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, सोमवार केकीले चलचित्रको सुटिङ सेटबाट आँफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् ।

फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन । अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथा उठान गरेको फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । केकी पनि आफ्नो करिअरमा अर्को सफल फिल्म थपिनेमा विश्वस्त छिन् । यो चलचित्रबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक