चितवनमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा भएको प्रदर्शनमा हजारौं युवाको सहभागिता

riyaali hetauda

नरायणगढ, २० मङ्सिर। संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा आज (शनिबार) नेपाली झण्डा सहितको बृहत र्‍याली तथा प्रदर्शन भइरहेको छ । राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍यालीको आयोजना गरेको जनाएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको र्‍याली भरतपुरको केन्द्रीय बस र्टमिनल–हाकिमचोक–चौबीसकोठी–वीरेन्द्र क्याम्पसचोक–लायन्सचोक–शहिदचोक–पुलचोक–पोखराबसपार्क–आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर कोणसभामा परिणत भएको छ । र्‍यालीमा चितवनका दसौं हजारौं देशभक्त स्वतन्त्र युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

chitwan rajabadi king 20 2

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा पनि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्‍यालीले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाउँदै बजार परिक्रम गरेको हो।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए । उनका अनुसार र्‍यालीमा करिब ५०० मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए । हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका नेता मधु अधिकारी, राजाराम बर्तौला, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गरेका थिए ।

पछिल्लो समय राजतन्त्र पुनः स्थापनाको माग गर्दै मुलुकका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्र र दिन्दु राष्ट्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन् ।

chitwan rajabadi king 20 4
chitwan rajabadi king 20 5

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException