काठमाडौं, २० मंसिर । आज काठमाडौँको माइतिघरमा राजावादीहरुले प्रर्दशन गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्थापना , संघीयताको खारेजी , भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा केन्द्रित भएर देशव्यापी रुपमा राजावादीहरुले आज काठमाडौको माइतिघरमा प्रर्दशन गरेका हुन् ।
काठमाडौँको माइतिघरमा राजावादीहरुले राजाको पक्षमा विभिन्न ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित प्रर्दशन गरेका छन् । स्थानीय जिल्ला प्रशासनले राजावादीहरुलाई प्रर्दशन गरे कारवाही गर्ने समेत चेतावनी दिएका छन्, भने माइतिघरमा ठुलो संख्यामा सुरुक्षाकर्मी परिचालन गरिएको छ ।
गत मंसिर १५ गते पनि माइतिघरमा राजावादीहरुले राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरेका थिए । आजै झापामा समेत राजावादीहरुले प्रर्दशन गरेका छन् ।

