धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा (हेर्नुहोस तस्बिरहरु)

nepali police

काठमाडौं, २१ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा आइतबार सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका हुन्। ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् ।

हति’यारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ ।

आज स्थायी कमिटी बैठक बस्नु अगावै नेकपा केन्द्रीय कार्यालय वरिपरि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि ठुलो संख्यामा खटिएका छन् । एसएसपीको नेतृत्वमा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको हो।

Nepal police
nepal police
nepal police
nepal police
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्