६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई लगाइयो पुन: प्रतिबन्ध

हवाई

काठमाडौँ, २१ मङ्सिर। नेपालबाट हङकङ पुगेका ६ जना नेपालीहरूलाई कोभिड देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ। हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो।

गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुमध्ये ६ जनामा कोरोना पुष्टि भएकोले २ साताका लागि हङकङ सरकारले नेपाल वायु सेवा निगमको जहाजलाई प्रतिबन्ध लगाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले थाहाखबरलाई जानकारी दिए।

यसअघि पनि हङकङले विभिन्‍न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो। हङकङले निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएपछि निगमले सरकारी प्रयोगशालामार्फत कोभिड-१९ परीक्षण गर्दै आएको थियो। नेपालको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्र निगमले उडान भर्दै आएको थियो।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक