आज विवाह बन्धनमा बाँधिदै श्वेता खड्का, भन्छिन ‘जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’

shweta khadka - श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आज धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह बन्धनमा बाँधिदै छिन् । उनको आज (सोमबार) काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।

विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो शेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…’

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

विवाहको अघिल्लो दिन अर्थात् आइतबार श्वेताले सामाजिक संजालमा एक लामो भावुक स्टाटस समेत पोष्ट गरेकी थिइन् । जसमा विवाह गर्ने निणर्य गर्नुको पछाडिका कारणको विषयमा उल्लख गरिएको थियो । यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी थिइन्।

श्रीकृष्णको निधनको समय गहिरो शोकमा डुबेकी श्वेताले अब जीवनभर विवाह नगर्ने अभिव्यक्ति दिएको विषय मिडियाले समाचार बनाएका थिए । त्यसको केही समयपछि उनले श्रीकृष्णको फोटो घरमा राख्न दिने मानिससँग विवाह गर्ने अर्काे अभिव्यक्ति दिएकी थिइन् । अहिले भने जीवनलाई दुःखबाट सुख तिर डोर्याउन विवाह गर्न लागेको उनले बताएकी छन् ।

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताको चर्चा अभिनय भन्दा पनि श्रेष्ठसँगको प्रेम र विवाहको कारणले चुलिएको थियो । श्रेष्ठको निधनपछि पनि उनी श्रेष्ठसँग जोडिएका विभिन्न भाबुक अभिब्यक्तिका कारण चर्चामा बारम्बार छाउने गरेकी थिइन् ।

अभिनयको अलवा श्रेष्ठकै नाम जोडेर समाजसेवामा समेत सक्रिय उनले केही अगाडि फिल्म ‘कान्छी’ निर्माण गरेकी थिइन् । फिल्मले भने जसोतसो लगानी सुरक्षित गर्न मात्र सफल भएको थियो ।

श्वेता र विजयन्द्रको प्रेमको विषयमा मिडियामा केही अगाडि देखि फाट्ट फुट्ट समाचार बाहिर आउने गरेका थिए । तर यस विषयमा मौन रहदै आएकी श्वेताले केही दिन पहिले निम्तो कार्ड सहित विवाहको समाचार बाहिरिए पछि आइतबार भने सामाजिक सञ्जालमार्फत् विवाहबारे बोलेकी थिइन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्