टिसर्टबाट प्राईस ट्याग हटाउन बिर्सिएकी मानुषी छिल्लर, सोसल मिडियामा यसरी ट्रोल बन्दै

मानुषी छिल्लर

मानुषी छिल्लर आजकाल कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । हालै उनलाई एयरपोर्टमा देखिएको थियो । यतिबेला रोचक के भइदियो भने उनले आफूले लगाइरहेको कालो टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी थिइन् । उनले बिर्सिएको कुरा सामाजिक सञ्जालका प्रयोगकर्ताले देखे र उनलाई ट्रोल गर्न थाले ।

एयरपोर्टबाट निस्कने बित्तिकै मानुषीले प्रशंसकलाई हात हल्लाउँदै हेलो भनिन् । उनी निकै हतारमा थिइन् । क्यामरा उनी जताजता गयो त्यतै तिर तेर्सिरह्यो र जब उनी पछाडि फर्किइन् तब उनको कालो टिसर्टबाट ट्याग निस्किरहेको देखिएको थियो ।

उनको भिडियो सोसल मिडियामा प्रकाशित भएपछि प्रयोगकर्ताले उनलाई ट्रोल गर्न थाले । एक प्रयोगकर्ताले लेखे, ‘ट्याग लगाएर कहाँ जाँदै छौ ?’ यस्तै अर्काले लेखे, ‘लगाएर सायद फिर्ता गर्ने सोचमा होलिन् ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘ट्याग हटाउने पनि समय छैन उनीसँग ।’ यस्तै अर्का एकजनाले लेखे, ‘ट्याग त हेर्नुहोस् म्याडम जी ।’ साथै, अर्काले लेखे, ‘ट्याग त राखिरहेकी छौ ।’

स्मरण रहोस्, सन् २०१७ मा मिस वर्ल्डको उपाधि जितेपछि अब मानुषी बलिउडमा डेब्यू गर्दैछिन् । उनी ‘पृथ्वीराज’ मा अक्षय कुराको अपोजिटमा देखिनेछिन् । यो फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । यसमा मानुषी संयोगिताको भूमिका निभाइरहेकी छिन् । मानुषीले एक अन्तर्वार्तामा आफू उक्त भूमिका पर्दामा निभाउनका लागि निकै उत्साहित छिन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException