भारतको हरियाणाका गृहमन्त्री अनिल विजले शनिबार कोरोना पोजेटिभ भएको खबर ट्वीट गर्ने बित्तिकै भारतमा बनिरहेको को–भ्याक्सिनको विषयमा प्रश्न तेर्सिन थालेका छन् । वास्तवमा अनिल विजले नोभेम्बर २० मा को–भ्याक्सिनको खोप लगाएर भ्याक्सिनको तेस्रो चरणको ट्रायलको सुरुवात गरेका थिए ।
.@anilvijminister ने कहा कि डॉक्टरों ने उन्हें पहले बता दिया था कि वैक्सीन की दूसरी डोज लगने के 14 दिन बाद ही शरीर में एंटीबॉडीज बनेगी. इसके बाद ही कोरोना से उनकी रक्षा हो पाएगी. #India #IndiaFightsCorona https://t.co/XI7tHj1xYQ
— AajTak (@aajtak) December 6, 2020
यस्तोमा जब उनी संक्रमित भएको खबर सार्वजनिक भयो तब को–भ्याक्सिनको सफलताका विषयमा आशंका जताउन थालियो । के को–भ्याक्सिनको एडभान्स ट्रायल फेल भयो त भनेर प्रश्न उठ्न थालेका छन् । यद्यपि, त्यसको केही बेरपछि नै को–भ्याक्सिन बनाउने कम्पनी भारत–बायोटेकको तर्फबाट यसबारे एक विस्तृत जवाफ दिइयो ।
Haryana minister Anil Vij announces he has tested positive for COVID-19.
— ANI (@ANI) December 5, 2020
On November 20, he was administered a dose of Covaxin at a hospital in Ambala, as part of its third phase trial. pic.twitter.com/34HVOIRoFK
भारत बायोटेकका अनुसार यो भ्याक्सिनको क्लिनिकल ट्रायलको क्रममा व्यक्तिलाई दुई डोज दिइन्छ जुन २८ दिनपछि अर्थात् लगभग एक महिनाको अन्तरालमा दिइन्छ । कम्पनीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले दोस्रो डोज दिएको १४ दिनपछि नै भ्याक्सिनको असरबारे थाहा हुने बताएको छ । दुई डोज लिनेहरुमा भ्याक्सिनको प्रभाव उत्कृष्ट देखिने कम्पनीले बताएको छ ।
भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायलबारे कम्पनीले दिएको जानकारी अनुसार तेस्रो चरणको ट्रायलमा ५० प्रतिशत मानिसहरुलाई भ्याक्सिन दिइन्छ जबकी अन्य ५० प्रतिशतलाई प्लेसिबो दिइन्छ ।
को–भ्याक्सिनको विषयमा प्रश्न उठ्नुका अस्पष्ट कारणः
भ्याक्सिनोलोजी डाक्टर चन्द्रकान्त लहरिया भन्छन्, ‘सबैभन्दा पहिला यो बुझ्न जरुरी छ कि कुनै पनि ट्रायलमा जो मानिसहरु भाग लिन्छन् उनीहरु भोलिन्टियर हुन्छ र क्लिनिकलल ट्रायल डबल ब्लाइन्डेड हुन्छ । डबल ब्लाइन्डेडको अर्थ के हो भने न त परीक्षकलाई थाहा हुन्छ न त व्यक्ति स्वयंलाई आफूलाई भ्याक्सिन दिइएको हो कि प्लेसिबो भनेर थाहा हुन्छ ।
त्यसैले यसलाई डबल ब्लाइन्डेड ट्रायल भनिन्छ । यस्तोमा जब यो ट्रायल डबल ब्लाइन्डेड थियो भने कसैले यो कसरी भन्न सक्छ कि उनलाई वास्तविक भ्याक्सिनको डोज दिइएको थियो वा प्लेसिबो ।’ डा. लहरिया भन्छन्, ‘कुनै भ्याक्सिनको ट्रायलको प्रभाव निश्चित गर्ने आधार भनेको भ्याक्सिन दिइएकामध्ये कतिजना संक्रमित भएका छन् र नदिएका व्यक्तिमध्ये कतिजना संक्रमित भएका छन् ।
I have been tested Corona positive. I am admitted in Civil Hospital Ambala Cantt. All those who have come in close contact to me are advised to get themselves tested for corona.
— ANIL VIJ MINISTER HARYANA (@anilvijminister) December 5, 2020
यो तुलनाको आधारमा भ्याक्सिनको प्रभावको आँकलन गर्ने गरिन्छ । जुन व्यक्तिलाई भ्याक्सिन दिइएको छ, यति उनीहरुमा तुलनात्मक रुपमा संक्रमण कम छ भने भ्याक्सिन प्रभावकारी छ । तर यहाँ यो कुरा बुझ्न जरुरी छ कि कुनै पनि भ्याक्सिन शत प्रतिशत प्रभावकारी हुँदैन । यसको अर्थ यो हो कि जुन व्यक्तिलाई भ्याक्सिन दिइएको छ तीमध्ये पनि केही व्यक्ति संक्रमित हुने खतरा रहन्छ ।’
डा. लहरियाका अनुसार कुनै भ्याक्सिन कति प्रभावकारी छ त्यो त्यतिबेला मात्रै थाहा लाग्न सक्छ जब सबै ट्रायल पूरा हुने गर्छ र संक्रमणको विस्तृत आँकलन गर्न सकिन्छ । उनका अनुसार कुनै एक घटनाको आधारमा भ्याक्सिनको प्रभावको मूल्याङ्कन गर्न सकिँदैन ।
पहिलो डोज र दोस्रो डोजमा यति दिनको अन्तर किन ?
डा. लहरिया भन्छन्, ‘कुनै पनि भ्याक्सिन प्राइमिङ एण्ड बुस्टिङ सिद्धान्तमा काम गर्छ । यसमा पहिलो डोज कम हुन्छ, यसमार्फत् व्यक्तिको इम्यून सिस्टमलाई बिस्तारै रियाक्ट गर्नका लागि तयार गरिन्छ । वैज्ञानिक रुपमा यो प्रक्रियामा केही दिनको समय लाग्छ ।
साधारणतया यो ७–१४ दिन वा २१–२८ दिनको समय हुन्छ । साधारण शब्दमा भन्ने हो भने पहिलो डोजको काम इम्यून सिस्टमलाई एक्टिभेट गरिदिनु । त्यसपछि जब इम्यून सिस्टम एक्टिभेट हुन्छ तब आफ्नो चरममा हुन्छ र त्यतिबेला यदि ती व्यक्तिलाई खोप वा दोस्रो डोज दिइन्छ भने त्यसमा एन्टीबडी बन्ने गती निकै तेज हुने गर्छ ।
यो चरणमा व्यक्तिमा हाई–लेभल एन्टीबढी बन्छ जसमार्फत् व्यक्ति लामो समयसम्म सुरक्षित रहने सम्भावना बढ्ने गर्छ । डा. लहरियाका अनुसार धेरैजसो भ्याक्सिन यसै सिद्धान्तमा काम गर्छ । पहिलो डोजबाट खासै त्यति प्रतिक्रिया पाइँदैन र दोस्रो डोज दिएपछि यो थप प्रभावकारी साबित हुन्छ ।
एक भाइरसको भिन्न भिन्न व्यक्तिमा भिन्न भिन्न असर, त्यसो भए एउटै भ्याक्सिन सबैका लागि प्रभावकारी हुन्छ ? जब कुनै भाइरस कुनै व्यक्तिको शरीरमा प्रवेश गर्छ तब त्यसबाट निम्तिने रोगका के लक्षण हुनेछन् त्यो धेरैकुरामा निर्भर हुन्छ । भाइरसमा मात्रै होइन ।
संक्रामक रोग विशेषज्ञ डा. तृप्ति गिलाडा भन्छिन्, ‘व्यक्ति बिरामी हुनु भाइरसमा मात्रै निर्भर गर्दैन । यो ती व्यक्तिको उमेर, रोग प्रतिरोधी क्षमता, स्वास्थ्य लक्षणमा पनि निर्भर हुन्छ । तर रोगको लक्षण जे सुकै भएपनि एन्टीबडी हरेक व्यक्तिको शरीरमा बन्छ, चाहे त्यो लक्षणयुक्त बिरामीको होस् वा बिना लक्षणयुक्त बिरामीको होस् । एन्टीबडी सबैको शरीरमा बन्नेछ । ’
डा. तृप्तीका अनुसार कोभिड भ्याक्सिन कति प्रभावकारी हुन्छ त्यसबारे अहिले पनि कुनै भविष्यवाणी गर्न सकिँदैन ।
तर यदि भाइरस लगातार म्युटेट भइरहे ?
यसको जवाफमा डा. तृप्ति भन्छिन्, ‘हरेक भाइरसका यस्ता केही हिस्सा हुन्छन् जुन तीब्र रुपमा म्युटेट भइरहन्छन् र केही भाग यस्ता हुन्छन् जसमा केही परिवर्तन नै हुँदैन । यसबाटै इम्युनिटी आउँछ र जब भ्याक्सिन बनाइन्छ तब म्युटेट नहुने भागबाट बनाउने कोसिस गरिन्छ ।’ – बीबीसी
प्लेसिबोले शरीरमा कुनै पनि प्रकारको प्रभाव पार्दैन । डाक्टरले व्यक्तिमाथि औषधी लिँदा कति र कस्तो मानसिक असर पर्छ भनेर थाहा पाउनका लागि यसको प्रयोग गर्छन् ।
साधारण बोलीचालीको भाषामा भन्ने हो भने प्लेसिबो एउटा यस्तो चिकित्सा पद्धती हो जसमा औषधीको प्रयोग गरिँदैन । यसले भ्रम वा महसुसको आधारमा काम गर्छ । अर्थात्, बिरामीलाई औषधी त दिइन्छ तर त्यो औषधी भने हुँदैन ।