काठमाडौँ, २२ मङ्सिर। हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन्। दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए। आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए। सम्बन्धविच्छेद बारे दुवै केही समय मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको र मीनाको एक छोरा र एक छोरी रहेका छन् र दुबै छोरा छोरी गजुरेलसँगै बस्दै आएका छन् ।
अब भने गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गरेका छन्। उनि भन्छन ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै सार्वाजनिक गर्छु। महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको उनले बताए।