चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’का लेखकअभिषेक मकवानाद्वारा आ’त्मह’त्या, परिवारलाई धम्कि !

tarak mehetaka ulta chasma

भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले केही दिन अघि आ’त्मह’त्या गरेका थिए । अभिषेकले आफ्नो सु’सा’इड नोटमा आ’त्मह’त्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्या’कमेल र साइबर धो’काको शि’कार भएको दाबी गरेका छन् ।

अभिषेक मकवानाका परिवार र नजिकका साथीले उनको मृत्युपछि पनि त’नाव दिने खालको फोन आइरहेको जानकारी दिएका छन् । खबरका अनुसार अभिषेक मकवानाको परिवारका अनुसार छोराको मृत्युपछि उनीहरुलाई पनि त’नाव दिने व्यक्तिको तर्फबाट फोन आइरहेको छ ।

परिवारले भने, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् । अभिषेकले फाइनान्सियल फ्र’डका कारण आ’त्मह’त्या गरेका हुन् ।’

अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत लेखेकाका थुप्रै इमेलले पनि फाइनान्सियल फ्र’डको जानकारी पाएको जानकारी दिए । अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो ख’तर’नाक कदम उठाएको सु’साइड नोटमा बताएका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक