दोहोरो अथवा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयेको निर्णय

कोरोना खोपको मूल्य

काठमाडौँ, २२ मङ्सिर। कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।

‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने । आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।

सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्नेरगराउने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्