काठमाडौं, २२ मङ्सिर। गायक तथा प्रखर वक्ता रमेश प्रसाई आज विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग बिवाह गरेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।
बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुशी देखिन्थे ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेशको स्वरमा रहेको गीत ‘रिंकेबुङको राँगो’ अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ।
एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता रमेश प्रसाई, सामाजिक संजालमा समसामयिक विषयमा आफ्ना धारणा राखेर चर्चित बनेका थिए।
रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
रमेशका साथी जीवन तामाङले पनि जुनु तामाङसँग बिहे गरेका छन्। रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै मण्डपमा एकै दिन धरानमा बिहे गरेका हुन्।
दियान मिडिया परिवार, उनीहरुको बैबाहिक जिबनको सुभकामना ब्यक्त गर्दछ।