संसारकै सबैभन्दा सानो बाँदरः तौल १० ग्राम, लम्बाई २ इन्च

small monkey

इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ । जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० ग्राम मात्र रहेको चिडियाघर प्रशासनले जनाएको छ ।

बाँदरको हेरचाह गर्ने हाबी वेबका अनुसार दुई वटा बाँदर नै कपालको डल्लो जस्तो मात्र छन् । उक्त बाँदरहरु भाले वा पोथी अहिलेसम्म छुट्टिएको छैन । यी बाँदर जन्म दिने बाँदरको नाम जो र बाल्ड्रिक हो । मादाको उमेर ३ वर्ष र बाल्ड्रिकको ४ वर्ष रहेको छ । हाबीका अनुसार माउ बाँदरले बच्चा जन्मिएको दुई दिनमा नै पिठ्युँमा राखेर घुमाउन सुरु गरेको छ ।

चेस्टर चिडियाघरको डिप्टी क्युरेटर डा. निक डेविसले यो प्रजातिको बाँदर सानो हुने बताएका छन् । यो बाँदर माउलाई आर्कषित गर्न ठूलो आवाज निकालेर चिच्याउँछन् । यो बाँदरको प्रजाति पश्चिमी ब्राजिल, पेरु, इक्वाडोर र कोलम्बियाका साथ साथै साउथ अमेरिकाको जंगलमा पाइन्छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्