सर्वदलीय बैठकमा काँग्रेसले भने: सरकारका गलत क्रियाकलापका कारण राजवादीहरु सडकमा आए

baithak

काठमाडौँ, २३ मङ्सिर। नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको भ त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने सबै कतिपय समस्या आफै हल हुने धारणा राखेको छ ।

बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन पनि आह्वान गरेका छन् ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।

बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्न नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा सुनिन थालेको बताएको छ।

कांग्रेसले सरकारका गलत क्रियाकलापका कारण राजवादीहरु हौसिएको बताएको हो । कांग्रेसले सरकार संविधानको मर्मअनुसार चल्न नसकेका कारण सरकारप्रति असन्तुष्टि बढेको र राजवादीहरु हौसियर सडकमा आएको बताएको हो । कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताए । उनले सरकार सच्चिने हो भने अस्तुष्टिको हल हुने भन्दै त्यसपछि कुनै पनि प्रवृत्ति हावी नहुने बताए ।

बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए । उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException