विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा नेपाली सेफ सन्तोष साह

बीबीसी मास्टर सेफ, सन्तोष साह,

विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् । मंगलबार साँझ बीबीसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।

नेपाली खानालाई संसारभर चिनाउने लक्ष्यका साथ उनी यस प्रतियोगितामा सहभागी भएको बताउँछन् । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नीजस्ता परिकार पकाएका थिए । जसलाई निर्णायकले निकै मन पराए ।

१० तारिख विहीबार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ । प्रतियोगिताको फाइनल राउण्ड आगामी डिसेम्बर १७ तारिख हुनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् ।

बीबीसीसँग दिएको अन्तर्वार्तामा सन्तोषले प्रतियोगिता मात्रै जित्ने चाहना भएको भए आँफूले भारतीय खाना प्रस्तुत गर्ने बताउँछन् । तर, आफ्नो चाहना नेपाली खाना विश्वमा चिनाउने लक्ष्य भएकाले यहाँ नेपाली खानालाई जोड दिइरहेको उनको भनाइ छ ।

यसअघिका प्रतियोगितामा सन्तोषले टिमुर स्पाइस्ड् अ’क्ट्प’स विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भे’डाको मा’सु, ख’सीको मा’सुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पो’लेको मा’छा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।

नेपाली खानालाई नेपालीले नै ‘अविश्वास र हेलाँ’ गरेको उनको गुनासो छ । नेपाली खानाले संसारभरि तहल्का मच्चाउन सक्ने सम्भावना आँफूले देखेको उनको भनाइ छ । नेपाली खानाहरु प्रस्तुत गरेपछि मास्टरसेफका निर्णायकहरुले आँफूले कहिल्यै यस्ता खाना नखाएको भन्दै सन्तोषको प्रशंसा गर्ने गरेका छन् ।

करिब दुई दशक भारतीय कुजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।

पूर्वी तराईको सिरहा कर्जन्हवामा जन्मिएका सन्तोष पारिवारिक एवम् आर्थिक अवस्थाका कारण सानै उमेरमा रोजगारी खोज्दै भारत हुँदै हाल विगत एक दशकदेखि बेलायतमा बस्दै आएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक