एक वृद्धाको बला’त्कार पछि घाँटी थि’चेर ह’त्या

murder

झापा, २५ मंसिर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बला’त्कार पछि घाँटी थि’चेर ह’त्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको ह’त्या भएको हो ।

प्रहरीले ह’त्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफैंले बुधबार राति वृद्धाको बला’त्कार पछि घाँटी थि’चेर ह’त्या गरेको बयान दिएको जनाइएको छ । बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बला’त्कार गरेर घाँटी थि’ची ह’त्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए । घ’टनास्थलमा पुगी प्रहरीले थप अ’नुसन्धा’न गरिरहेको उनले जानकारी दिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्